Connect with us
Advertisement

इटहरी सिमरवनाकी दुर्गा रिमालको विराट नर्सिङ होममा मृत्यु , चिकित्सकले ओभर डोज देको परिवारको आरोप

Published

on

इटहरी । सुनसरीकाे इटहरी ५ सिमरवनास्थित स्थानिय दुर्गा रिमाल  (घिमिरे)काे उपचारकाे क्रममा शैकासपद मृत्यु भएपछि बिराटनगरकाे  विराट नर्सिङ होम केहि समय तनावग्रस्त बनेकाे छ ।

 

बुधबार सामान्य पेट दुखेकाे भन्दै डाक्टरकै सललाह अनुसार अस्पताल भर्ना भएकि रिमाललाइ बिराट नर्सिङ हाेमका चिकित्सकले बिहिबार दिउसाे मृत घाेषणा गरेपछि अस्पताल परिसर तनाब ग्रस्त बनेकाे हाे । पिडित परिवारका अनुसार चिकित्सकहरूले अत्याधिक औषधि प्रयोग गरेपछि निधन भएको बताएका छन ।

एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको र शरिरले पनि धान्न नसकेर रिमालकाे मृत्यु भएकाे परिवारकाे भनाइ छ ।   डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको परिवारजनले बताएका छन् ।

(source:purbeli news)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज देशका यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ।

कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको  सम्भावना छ।

Continue Reading

Banner

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे विश्वकपकाे उपाधि

Published

on

आइसीसी टी-२० विश्वकपकाे उपाधि भारतले जितेकाे छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि उपाधि जितेकाे हाे।

भारतले दिएकाे १७७ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटकाे क्षतिमा १६९ रनमात्र बनाउन सक्याे।

दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए। त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाए।

भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २-२ विकेट र अक्सर पटेलले एक विकेट लिए।

यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियाे।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए। रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए। त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे।

Continue Reading

Banner

आज – १६ आषाढ २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । अधुरा कार्यहरू पुरा हुन नसकला । पारिवारिक सहयोग पनि मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्ने र तीर्थाटनको योग पनि छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन माध्यम नै रहनेछ । कुनै काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक